राजनीति
प्रतिनिधिसभा पुनःस्थापना हाम्रा लागि सुखद खबरः भारतीय नेता स्वामी
०

काठमाडौँ,फागुन १२ –
भारतीय जनता पार्टीका वरिष्ठ नेता तथा राज्यसभा सांसद सुब्रमण्यम स्वामीले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्नु भारतका लागि सुखद खबर भएको प्रतिक्रिया दिएका छन् । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्स्थापना गर्ने फैसला सुनाएपछि पूर्व केन्द्रीय मन्त्रीसमेत रहेका स्वामीले प्रतिक्रिया दिएका हुन् ।
सामाजिक सञ्जालमा निकै सक्रिय रहने स्वामीले ट्विटरमा लेखेका छन्, ‘नेपालबाट राम्रो खबर आएको छ । नेपालको सर्वोच्च अदालतले संसद् पुनःस्थापना गर्ने फैसला गरेको छ । त्यसका लागि १३ दिनको समय दिइएको छ । नेपालका लोकतान्त्रिक नेताहरु मेरो सम्पर्कमा रहेका छन् । मलाई आशा छ नेपालमा लोकतन्त्र बहाली हुनेछ । त्यसपछि भारत–नेपाल सम्बन्ध पनि सुधार्न सकिन्छ ।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























