खैरहनी

कालिका मोटरसाईकल पार्टस २६ वर्षमा प्रवेश,कोषमा ५ सयका दरले छुट्याउने

Banner

चितवन,फागुन १०-

पूर्वी चितवनका लागि यामाहा कम्पनीको आधिकारिक विक्रेता कालिका मोटरसाईकल पार्टस सोमवारदेखी २६ औं वर्षमा प्रवेश गरेको छ । २६ औं वार्षिकोत्सवको अवसरमा औपचारिक कार्यक्रम नगरिएपनि सो मोटरसाईकल पार्टसले विपन्न विद्यार्थीलाई छात्रवृत्ती प्रदान गर्न कोषमा संकलन गर्ने रकममा वृद्धी गर्ने घोषणा गरेको छ । सो पार्टसले कालिका यामाहा कोष स्थापना गरेर सोही कोष मार्फत विपन्न,गरिव तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ती प्रदान गरिरहेको छ । प्रति मोटरसाईकल र स्कुटर विक्रीबाट दुई दुई सय रुपैया कोषमा जम्मा गर्ने गरिएकोमा अवदेखी भने पाँच पाँच सय रुपैयाका दरले कोषमा रकम संकलन गरिने कालिका मोटरसाईकल पार्टसका प्रवन्धक निर्देशक एवंम् कोषका अध्यक्ष उत्तम अधिकारीले जानकारी दिए ।

पार्टस्ले २० औँ वार्षिकोत्सवको अवसरमा गरिब,जेहेनदार, पिछडिएका विद्यार्थीलाई कक्षा १२ सम्म अध्ययन गराउन छात्रवृत्ति दिनको लागि कालिका यामाहा कोष स्थापना गरेको थियो । हाल सम्म सो कोषमा १५ लाख भन्दा वढि रकम संकलन भईसकेको पार्टस्का प्रबन्धक निर्देशक अधिकारीले वताए । कोष मार्फत हाल सम्म १८ जना विद्यार्थीहरुको अभिभाकत्व ग्रहण गरेर छात्रवृत्ती प्रदान गरिहेको छ । अधिकारीका अनुसार यही फागुन महिनामा थप १६ जना विद्यार्थीको अभिभावकत्व ग्रहण गर्ने तयारी भई रहेको छ । कोषले अनाथ, असहाय, विपन्न वर्गको विद्यार्थीहरुको छात्रवृत्ति अलावा विभिन्न समयमा विभिन्न विद्यालयमा शैक्षिक सामाग्री,पोसाक, साइकल लगायत सामाग्रीहरु वितरण गर्दै आइरहेको छ ।

कालिका मोटरसाइकल पार्टस् वि.सं. २०५२ फागुन १० गते स्थापना भई वि.सं. २०६० फागुन १० बाट यामाहा कम्पनीको पूर्वी चितवनका लागि आधिकारिक विक्रेता रहि यामाहाका मोटरसाइकल तथा स्कुटरको विक्रि गर्दै आएको छ । पार्टसले टाँडी र भण्डारा शाखाबाट सेल्स, स्पेयर पार्टस, सर्भिस र फाइनान्स सुविधा दिदै आइरहेको छ । ग्राहकलाइ थप सुविधा प्रदान गर्दै पार्टसले रत्ननगर १६, कालिका ७ र ५ मा ए.एस.पी मार्फत सेवा प्रदान गर्दै आइरहेको टाँडी शाखा प्रमुख रामचन्द्र कोईरालाले वताए । पार्टसले आर्थिक वर्ष २०७५÷७६ मा एटु लेवलको डिलरहरु मध्ये उत्कृष्ठ डिलर गोल्डेन डिलर अफ दि इयर उपाधी समेत हासिल गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>