अन्तर्राष्ट्रिय
अमेरिकामा उड्दै गरेको विमानमा आगो लागेपछि……
०
काठमाडौँ फागुन ९-
अमेरिकामा उड्दै गरेको एक विमानमा आगो लागेको छ । आगो लागेपछि विमानका केही भाग झरेका थिए । डेनवरबाट होनोलुलुका लागि उडान भरेको विमानमा आगो लागेको हो ।
अमेरिकाको डेनवरनजिक यो घटना भएको हो । उडान भरेपछि आगो लागेको बोइङ ७७७ विमानमा २३१ यात्री र चालक दलका १० जना सदस्य सवार थिए ।
उडान भरेपछि विमानको एक इन्जिन फेल भएको बीबीसीले जनाएको छ । इन्जिनमा आगो लागेपछि विमानलाई डेनवरमा सकुसल अवतरण गरिएको थियो ।
अमेरिकास्थित फेडरल एभिएसन एडमिनिस्ट्रेसनका अनुसार फ्लाइट ३२८ को दाहिने तर्फको इन्जिनमा खराबी भएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>