चितवन विशेष

चरम गरिबी, उपचार गर्न नसकेर शरिर बाहिरै हड्डी देखाएरै हिड्छन् ११ वर्षीय बालक

Banner

चितवन, जेठ ८-

११ वर्षीय यी बालकको हात यस्तो भएको झण्डै एक बर्ष भइसक्यो । देवघाट गाउँपालिका वडा नम्बर ४ रातेपानीका ११ वर्षीय बालक राम भूजेल घरमा उपचार गर्ने पैसा नभएपछि हातको पाखुरामा हड्डी देखाएर हिड्ने गर्छन् । भिरबाट लडेको एक वर्ष हुँदासम्म पनि उपचार नपाएका भूजेलको दाहिने हातको पाखुरामा हड्डी बाहिर निस्किएको छ । पहिले निकै पिडा भोगेका बालकको हात आजभोली दुख्न छाडेको छ । हातको छाला मरिसक्यो जस्तो लाग्छ हजुरबुबा तुलबहादुर भूजेलले भन्नुभयो,सुरुमा डेढ लाख खर्च गरेर उपचार गरें,पछि उपचार गर्ने पैसा नभएर नियमित चेकजाँच भएन,अहिले यो हालत छ । तुल बहादुर भन्छन्, ‘आफूले सकेको गरेँ । नातीलाई आफू सँगै हिड्न सक्ने बनाएको छु । हात यस्तो भयो अब के गर्ने ?

राम ३६ बर्षिय सुक बहादुर भुजेलका जेठा छोरा हुन् । हजुरबुबा तुलबहादुरका अनुसार रामको एक वर्ष पहिले भिरबाट लडेर हात भाचिएको थियो । उक्त समय रामको भरतपुरमा शल्यक्रिया भएपनि आर्थिक अवस्था कमजोर हुँदा थप उपचार हुन सकेन । छोराको उचार गर्न नसक्दा शल्यक्रियापछि हातबाट पिप बग्ने र छाला झर्ने जस्ता समस्या देखिएपछि हातको पाखुराबाट हड्डी बाहिर निस्किएको सुकबहादुरले बताए । बुबा सुक बहादुर पनि अपाङ्ग छन । उनको पनि भिरबाट लडेर हात खुट्टामा चोट लागेको छ । उनि सहज रुपमा हिड्न सक्दैनन ।

आर्थिक अवस्था निकै कमजोर रहेको यो परिवारमा प्रकृतिले पनि साथ दिएन । एक महिना अघि परेको चट्याङले उनिहरुको बस्ने बास समेत जलेको छ । अहिले स्थानियहरु सहयोग जुटाएर उनिहरु बस्ने बास बनाइदिने अभियानमा छन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>