चितवन विशेष

माडीको गोविन्दबस्तीमा भएको स्वास्थ्य शिविरमा ३०० बढीले लिए सेवा

Banner

चितवन, फागुन ८-

चितवनको माडी नगरपालिका–९ को गोविन्दबस्तीको बगहीँमा भएको स्वास्थ्य शिविरमा ३७४ भन्दा बढीले निःशुल्क स्वास्थ्य सेवा लिएका छन् ।
दोस्रो साहारा बृहत् स्वास्थ्य शिविरमा १०२ वर्षीया बृद्धासहित ३७४ भन्दा बढीले निःशुल्क स्वास्थ्य सेवा लिएको अध्यक्ष सागर घतानेले जानकारी दिए । गोविन्दबस्ती आधारभूत विद्यालयमा शनिबार सम्पन्न शिविरमा १६१ जना पुरुष र २१३ जना महिलाहरु गरी ३७४ जनाले स्वास्थ्य सेवा लिएको नविन किशोर घिमिरेले बताए । मुख्यतः कुसुमखोला, प्याउली र पूर्वीमाडीका चेपाङ एवम् विपन्न घरपरिवारहरुलाई लक्षित गरी पेट, मुटु, छाती, मधुमेह, थाइराइड, छाला, यौन, कुष्ठ तथा नशा र मानसिक रोग विषेशज्ञ डाक्टरद्वारा स्वास्थ्य शिविर सञ्चालन भएकोमा बिरामीको उच्च सहभागिता रहेको हो । सहारा युवा क्लब, ब्रह्मपुरीको आयोजनामा सञ्चालित सो शिविरको उद्घाटन माडी नगरप्रमुख ठाकुरप्रसाद ढकाल, वडाध्यक्षहरु शिवहरि सुवेदी र रामबन्धु पोखरेलले गरेका हुन् ।

शिविरमा विशेषज्ञ चिकित्सकहरु डा. विवेक मल्ल, डा. श्रद्धा श्रेष्ठ, डा. श्रृजना भुर्तेल, डा. दिपक बञ्जाडे र माडीका स्वास्थ्यकर्मी गोविन्द नेपाललगायतले बिरामीहरुको स्वास्थ्य परीक्षण एवम् उपचार गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>