Breaking News

नारायणगढ-बुटवल सडक विस्तारले गतिलिँदै,गैंडाकोटमा अधिकाशं साना कल्भर्ट निर्माण

Banner

कावासोती , फागुन ३-

देशकै गौरबको आयोजना नारायणगढ–बुटवल सडक खण्ड विस्तारको कामले गती लिएको छ । कोभिड – १९ र मजदुर आन्दोलन तथा अन्य विविध प्राविधिक समस्याका कारण प्रभावित बनेको आयोजनाको पूर्वी खण्डको काम अहिले तीब्र पारिएको छ । गैंडाकोटमा अधिकाशं साना कल्भर्ट निर्माण भईसकेको र देवचुलीको रजहर र कावासोतीको खरकटट जंगल क्षेत्रमा पनि कल्भर्ट निर्माणको काम सकिएको आयोजनाले जनाएको छ । यस्तै ठूला पुलको काम पनि तिब्र पारिएको छ । भने सडकको दाँयाबाँया माटो पुरेर लेबल मिलाउने (फिलिङ्ग) गर्ने , नाला निर्माण गर्ने, गैंडाकोट क्षेत्रमा पर्ने डाडाँको भित्ता कटान गर्ने काम पनि तस्ब्र रुपमा भईरहेको आयोजनाले जनाएको छ ।

आयोजना प्रमुख रमेशकुमार दिष्टीका अनुसार डाटाको हिसाबमा दुई वर्ष हुन लाग्दा पनि निकै कम (तीन प्रतिशत) मात्रै भएको छ तर, कामका हिसाबले भने धेरै नै भएको छ । रुख कटान र तारपोल सार्ने कामको प्रक्रिया लामो हुँदा काममा केही ढिलाई भएको देखिए पनि समयमै काम सम्पन्न गर्नेमा आफू आशावादी रहेको आयोजना प्रमुख दिष्टीले बताउनुभयो । ठूल्ठूला मेसिनबाट काम भईरहेका कारण काम छिटो हुने र समयमै हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

राजमार्गदेखि उत्तरतर्फका रुख कटानको काम तीब्र रुपमा भईरहदा दक्षिणतर्फको रुख कटानको काम भने हुन सकेको छैन् । दक्षिणतर्फ चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र पर्ने हुँदा निुकञ्जबाट अनुमती नदिदा रुख कटानको काम रोकिएको आयोजना प्रमुख दिष्टीले बताउनुभयो । छपानको काम पनि भईसकेको र मन्त्रालयबाट अनुमती समेत पाईसकेको अवस्थामा निकुञ्जले अनुमती नदिदा काम रोकिएको उहाँले बताउनुभयो । निकुञ्जसंग पनि ताकेता गरिरहेको उहाँको भनाई छ ।
बिजुलीको पोल हटाउने विषयमा विद्युत् प्राधिकरणसँग नभई निर्माण व्यवसायी मार्फत् काम हुने भएकाले अहिले परामर्शदाता राखिसकेको र छिट्टै काम सुरु गर्ने उहाँ बताउनुहुन्छ ।

नारायणगढ – बुटवल सडक खण्ड विस्तार अन्तरगत पूर्वी खण्डमा १२ वटा ठूलो पूल (मेजर ब्रिज) र सानो २२ वटा (माईनर ब्रिज) बन्ने आयोजनाका सुचना अधिकारी कृष्ण आचार्यले जानकारी दिनुभयो । अहिले ठूलो पूल भएको स्थानमा बुटवलबाट नारायणगढ आउदा देब्रे (बाँया तर्फ) ११ वटा दुई लेनकै नयाँ पूल बन्नेछ भने, दुम्किवासको ज्यामिरेको एउटा पूल मात्रै दाँया (दाहिने तर्फ) बन्ने आचार्यले बताउनुभयो । साना २२ वटा पूल सबै नयाँ बन्नेछन् ।

यसैगरि पहिलो खण्ड गैडाकोटदेखि दाउन्नेसम्मको जंगल क्षेत्रमा चार ठाउँमा जैविकमार्ग निर्माण गरिने आचार्यले जानकारी दिनुभयो । जंगली जनावार वारपार गर्नका लागि सडकमुनीबाट चार ठाउँमा (अन्डरपास) बनाउने र दाउन्ने क्षेत्रमा सडक माथीबाट (ओभररपास) निर्माण गरिने योजना छ । सडकबाट नै जनावार वारपार गर्दा दुर्घटनामा पर्न सक्ने भएकाले जनावारका लागि वैकल्पिक मार्गका रुपमा जैविक मार्ग निर्माण गरिने छ । ‘अन्डरपासका लागि हामिले केहिकेहि कल्बट नै प्रयोग गर्छौ भने केहि नयाँ बनाउछौ । ’ आचार्यले भन्नुभयो ।

नारायणगढ – बुटवल सडक आयोजनाको ठेक्का चाइना स्टेट कन्सट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले लिएको छ । ११४ किलोमिटर सडक खण्डको काम गैंडाकोट – दाउन्ने र दाउन्ने – बुटवल दुई खण्डामा विभाजन गरेर काम सुरु गरिएको हो ।

अहिले दुई लेन रहेको नारायणगढ – बुटवल सडक खण्डलाई चार लेनको बनाउन लागिएको हो । दुई–दुई लेनको बिचमा ‘ग्रीनरी’ सहितको सडक निर्माण हुने छ । तीन मिटरको बिच भागमा बिरुवा लगाईनेछ । हाल रहेको दुई लेनको सडक बिस्तारपछी दुईतर्फ ७/७ मिटरको हुनेछ । बजार क्षेत्रमा ‘सर्भिस लेन’ समेत निर्माण गरिने छ । सार्वजनिक सवारीले यात्रु चढाउन र ओराल्न सर्भिस लेन बनाईने छ ।

दाउन्ने क्षेत्रमा भने तीन लेनको सडक निर्माण गरिने छ । उकालो तर्फ चढ्ने सवारीले प्रयोग गर्ने गरि दुई लेन र ओरालोमा उत्रिने सवारीले एक लेन प्रयोग गर्ने गरि तीन लेनको सडक निर्माण गरिने आयोजनाले जनाएको छ ।

ज्ञानु पंगेनी/ गोरखापत्रबाट

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>