खैरहनी

प्रथम सहिद लखन थापा मगरको १४४ औं स्मृति दिवस मनाइयो : नृत्य तथा भलिवल प्रतियोगिता

Banner

चितवन, फागुन २
नेपाल मगर संघ प्रथम सहिद लखन थापा मगर नगर इकाई समिति खैरहनी (चैनपुर) चितवनले २० औं साधारण सभा सहिद क्याप्टेन थापा मगरको १४४ औं स्मृति दिवस मनाएको छ ।

आज खैरहनी नगरपालिका ४ लाफा गाउँमा आयोजित कार्यक्रममा प्रदम सहिद लखन थापाको शालिकमा माल्यार्पण गरेर कार्यक्रमको सुरुवात गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि खैरहनी ४ का अध्यक्ष देबबहादुर बस्नेतले सहिद थापा मगरको शालिकमा माल्यार्पण गरेका थिए ।
सभामा समितिका कोषाध्यक्ष पम्फा थापा मगरले वार्षिक आयव्यव प्रस्तुत गरेकी थिइन् भने सचिव नन्द बहादुर थापा मगरले वार्षिक कार्य प्रगति प्रस्तुत गरेका थिए ।

सभामा हाजिरी जवाफ, विभिन्न सांस्कृतिक कार्यक्रम गरिनुका साथै नृत्य प्रतियोगिता गरिएको थियो । नृत्य प्रतियोगितमा सोनिलाफा युवा क्लव प्रथम भएको थियो ।

सभा सकिएपश्चात सोनी लाफा युवा क्लबसँगको सहकार्यमा चितवन जिल्ला स्तरीय पुरुष नकआउट भलिबल प्रतियोगिताको उद्घाटन गरिएको थियो ।

आज उद्घाटन गरिएको भलिबल खेलको फाइनल फागुन ५ गते हुनेछ । खेलमा जिल्ला तथा जिल्ला बाहिरका १० टिमको सहभागिता रहने खेल संयोजक निरन थापा मगरले जानकारी दिए । खेलको प्रथम पुरस्कार ३० हजार रहेको छ भने दोस्रो २० हजार रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>