चितवन विशेष

‘भ्यालेन्टाइन डे’ मा नारायणी किनारमा उपहार बेच्दै विद्यार्थी

Banner

चितवन, फागुन २ –

पछिल्लो समय नेपालमा पनि प्रणय दिवस यानकी ‘भ्यालेन्टाइन डे’ मनाउने प्रचलन युवामाझ बढ्दो छ । सप्ताहब्यापी विश्वभर मनाइले यो दिवस माया गर्ने जोडीहरुको लागि एक पर्व जस्तै बनेको छ । प्रेमी प्रेमिकाले यस दिवसमा आफ्नो मनको कुरा आदानप्रदान गर्नुका साथै उपहार साटासाट गर्छन् ।यस माहोलमा कलेज पढ्ने युवायुवती भ्यालेन्टाइन डे को रमझममा रुमलिरहेकोमा भरतपुर स्थित भ्याली स्टेट कलेजका विद्यार्थी भने नारायणीको तिरमा उपहार सामाग्री बेच्नमा ब्यस्त देखिन्छ्न ।

भ्याली स्टेट कलेजमा बीबीए अध्ययनरत विधार्थी मिलेर नारायणी नदी किनारमा स्टल राखेर उपहार बेच्न सुरु गरेका हुन् । झट्ट हेर्दा झिलीमिली देखिने सो स्टलमा ‘भ्यालेन्टाइन डे’ का उपहारहरु झुन्डाइएका छन्, जसमा गुलाफ, शुभकामना कार्ड र चक्लेट, ब्रासलेट लगायतका उपहार छन् ।

शुभकामना कार्ड , ब्रासलेट, गुडिया त उनीहरु आफैले निर्माण गरेका हुन । गत साल कलेजबाट एक लाख रुपैँया अनुदानमा उपहार बेचेका उनीहरुले पोहोरको नाफा रकमबाट अहिले सो स्टल राखेर उपहार बेच्न थालेको बताएका छन् ।

कलेजकी विद्यार्थी देवी पौडेलका अनुसार पोहोर उपहार बेचेर एक लाख ७० हजार रुपैँया संकलन गरेकोमा कलेजको अनुदान रकम तिरेर बाकी रहेको ७० हजार नाफा अहिले लगानी गरेको बताईन ।

विधार्थीलाई व्यवसाय सुरु गर्दा कस्ता समस्या आईपर्छन र त्यसको समाधानको लागि यसले सहयोग गर्ने अर्कि विधार्थी ममता पौडेल बताउँछिन् ।

ग्राहकहरुबाट राम्रो प्रतिक्रिया पाउँदा आफुहरु थप व्यवसायिक बाटोमा हिड्न सघाउ पुगेको उनले  बताईन । कलेजका लेक्चर दिपक अर्यालले बिबिए पढेर बैंककै जागिर खानुपर्छ भन्ने मान्यतालाई तोड्न पनि यस किसीमका उद्यमशीलतामा विद्यार्थीलाई उत्प्रेरण दिलाउन कलेजले सहकार्य गरिरहेको बताए ।

माघ ३० गतेबाट सुरु गरेको ‘प्याकेट अफ सेलिब्रेसन’ आजसम्म रहनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>