प्रदेश १

ओली सरकारले मलाई ६ घण्टा पनि थुन्न सकेनः रामकुमारी झाँक्री

Banner

धनकुटा,फागुन १-

नेकपा केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले शक्तिशाली बनिसकेका प्रधानमन्त्रीविरुद्ध लडेर नेपाली जनता र आफूले जित्ने आत्मविश्वास रहेको बताएकी छन्। शनिबार धनकुटामा नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड नेपाल समूहले आयोजना गरेको विरोध सभामा झाँक्रीले कागजका तानाशाह बाँकी नरहने भन्दै सबै कुरा हातमा लिएको तानाशाहले आफू ६ घण्टा पनि थुन्न नसकेको बताइन।

नेताहरूले कडा प्रतिक्रिया दिन थालेपछि, नागरिक समाज बोलेपछि, मिडियाले मुद्दा बोकेपछि र जनता सडकमा निस्किन थालेपछि तानाशाहको सातो उडेर आफूलाई रिहा गरेको झाँक्रीको भनाइ थियो। विरोध सभामा नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधव कुमार नेपाल, नेकपा स्थायी समिति सदस्य वर्षमान पुन लगायतले पनि सम्बोधन गरेका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>