खेलकुद

चितवनमा राष्ट्रिय स्तरको मुवाँ थाई किक बक्सिङ्ग प्रतियोगिता भोलिदेखी

Banner

चितवन फागुन १-

चितवनममा राष्ट्रिय स्तरको मुवाँ थाई किक बक्सिङ्ग प्रतियोगिताको हुने भएको छ।  भोलि (शनिबार) देखि चितवन मुवाँथाई संघको आयोजनामा नारायणी नदी किनारमा प्रतियोगिता हुन लागेको हो । प्रतियोगिताको लागि सम्पूर्ण तयारी पुरा भइसकेको आयोजकले आज नारायणगढमा आयोजित पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । मुवाँथाई संघ चितवनका अध्यक्ष उत्तम गुरुङ्गले अरु खेल जस्तै मुवाँथाई किक बक्सिङ्लाई पनि व्यवसायिक रुपमा स्थापित गराउनका लागि प्रतियोगिता आयोजना गरिएको बताए ।

 उनका अनुसार प्रतियोगितामा ६ खेल रहनेछन् । १२ जना राष्ट्रिय खेलाडीको सहभागिता रहनेछ। जसमा पाँच टीम पुरुषको र एक महिलाको रहनेछ । खेल फागुन २ गतेसम्म हुनेछ । प्रतियोगितामा प्रथम हुनेलाई नगद १५ हजारका व्यवस्था गरिएको आयोजकले जनाएको छ यसको साथै प्रतियोगितामा सहभागिलाई पनि नगद १० हजारको पुरस्कारको व्यवस्था रहेको अध्यक्ष गुरुङ्गले बताए ।यसका साथै खेल प्रतियोगिताको दौरानमा गम्भीर चोटपटक लाग्ने सम्भावनालाई मध्यनजर गर्दै पत्येक खेलाडीलाई २ लाखको  बिमा पनि गरिएको आयोजकले जानकारी दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>