राजनीति

जसपा स्थायी समिति सदस्य नेकपा ओली पक्षमा प्रवेश

Banner

काठमाडौं,माघ ३०-

जनता समाजवादी पार्टीका स्थायी समिति सदस्य एवं युवा इन्चार्ज इस्लाम हवारी नेकपा ओली पक्षमा प्रवेश गरेका छन् । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा शुक्रबार बिहान हवारीलाई नेकपामा स्वागत गरेका छन् । स्वागतका क्रममा ओलीले हवारीलाई उत्कृष्ट ढंगले पार्टी काम गर्नका लागि शुभकामनासमेत दिए ।

वीरगञ्ज निवासी हवारीले जसपाका अन्य नेतारकार्यकर्ताहरू पनि पार्टी प्रवेशको तयारीमा रहेको क्रममा रहेको जानकारी दिएका छन् । यसअघि जसपाकै केन्द्रीय सदस्य तथा पूर्वसांसद डा.शिवजी यादव पनि ओली नेतृत्वको नेकपामा प्रवेश गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>