चितवन विशेष
गीतानगरमा निःशुल्क दन्त शिविर
०

चितवन, माघ २६–
भरतपुर महानगरपालिका वडा नम्बर ६ गीतानगरमा रहेको सिद्धेश्वर आधारभूत विद्यालयमा निःशुल्क दन्त शिविर सम्पन्न भएको छ । विद्यालयको आयोजना र अखण्ड स्माइल डेन्टल प्रालि बुद्धचोकको प्राविधिक सहयोगमा सम्पन्न सो शिविरमा २०० जनाको दाँतको परीक्षण गरिएको थियो ।
नेविसंघ नेता विष्णु भुजेलको संयोजकत्वमा भएको सो कार्यक्रममा सरसफाइ सामग्री समेत वितरण गरिएको थियो । नेविसंघ नेता परमेश्वर खनाल, हरि पौडेल, दिनेश पौडेल, लक्ष्मण गुरुङलगायतको सहयोगमा प्राप्त सरसफाइ सामग्री हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा डेण्टल प्रबन्ध निर्देशक डा. लक्ष्मण पौडेल, विद्यालयका प्रधानाध्यापक महेन्द्रप्रसाद खनाल, रिता पौडेललगायतले बोल्नुभएको थियो । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार श्रेष्ठको अध्यक्षतामा भएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























