अन्तर्राष्ट्रिय

अब चीनसँग अमेरिकाको द्वन्द्व नभई प्रतिष्पर्धा बढ्छ : अमेरिकी राष्ट्रपति बाइडेन

Banner

एजेन्सी, माघ २६a

अमेरिकी राष्ट्रपति जो बाइडेनले अब चीनसँग अमेरिकाको द्वन्द्व नभई प्रतिष्पर्धा बढ्ने बताएका छन्। सिबिएस न्युजलाई दिएको अन्तर्वार्ताका क्रममा बाइडेनले आफूले यसअघिका राष्ट्रपति डोनाल्ड ट्रम्पको जस्तो चीनसँग द्वन्द्व नबढाउने बरू विभिन्न कोणबाट प्रतिष्पर्धा गर्ने बताएका हुन्।

उनले राष्ट्रपति भएपछि आफूले चिनियाँ समकक्षी सी चिनफिङसँग कुराकानी नगरेको बताए।

‘उनी एकदमै कडा छन्। यो आलोचना गरेको होइन, उनको शरीरमा प्रजातान्त्रिक हाडै छैन। वास्तविकता यही हो,’ बाइडेनले भने,’मैले उनलाई पहिला नै भनेको छु- हामीले द्वन्द्व बढाउनु हुन्न। तर अब कडा प्रतिष्पर्धा हुनेछ ।’

उनले अन्तर्राष्ट्रिय नियमहरूलाई मानेर चीनसँगको सम्बन्ध अघि बढाउने बताए ।

राष्ट्रपति ट्रम्पले चिनियाँ सामानमाथि कर थोपर्दै २ वर्षअघि व्यापार युद्धको थालनी गरेका थिए । व्यापारसँगै साउथ चाइना सीलगायत क्षेत्रमा चीन र अमेरिकाको द्वन्द्व बढेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area