राजनीति
चार दिनपछि काठमाडौं फर्किए गृहमन्त्री

काठमाडौं, साउन १६-
सुनसरीसहित तराईका विभिन्न जिल्लामा उत्पन्न तनाव साम्य भएपछि गृहमन्त्री सुधन गुरुङ चार दिनपछि काठमाडौं फर्किएका छन्। गत साउन १४ गते प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटवार्ता गरेपछि गृहमन्त्री गुरुङ स्थलगत अवस्थाको अनुगमन तथा संवादका लागि सुनसरी पुगेका थिए। सुनसरीमा घटनामा ज्यान गुमाएकाका परिवारसँग सहमति गरेपछि उनी सिराहा हुँदै धनुषा पुगेका थिए।
धनुषामा उनले हिन्दु सम्राट सेनाका प्रतिनिधिसँग लगातार दुई दिन वार्ता गरेका थिए। वार्ताबाट कुनै लिखित सहमति नभए पनि मौखिक समझदारी भएको र त्यसपछि सम्राट सेनाले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको जनाइएको छ।
गृहमन्त्री गुरुङले काठमाडौं फर्किएपछि मौखिक समझदारीका बुँदालाई कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै, उनले आफ्नो तराई भ्रमणका क्रममा भएका छलफल, सहमति र पछिल्लो सुरक्षा अवस्थाबारे प्रधानमन्त्री शाहलाई विस्तृत ब्रिफिङ गर्ने तयारी गरेका छन्।



























