चितवन विशेष

चितवनको स्मल हेभन स्कुलमा कक्षा १० सम्म पढेका थिए विश्व कीर्तिमानी निर्मल पुर्जाले

Banner

भरतपुर,साउन १७-

पाकिस्तानको ब्रोड पिक हिमाल आरोहणका क्रममा हिमपहिरोमा परी ज्यान गुमाएका विश्व कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जाको निधनले चितवनस्थित स्मल हेभन स्कुल परिवार शोकमा डुबेको छ। म्याग्दीबाट ११ वर्षको उमेरमा कक्षा ३ मा अध्ययनका लागि आएका पुर्जाले करिब सात बर्ष सोही विद्यालयमा अध्ययन गर्दै होस्टेल जीवन बिताएका थिए। उनी कक्षा १० मा पढ्दापढ्दै उनी बेलायती सैनिकमा भर्ना हुन गएका थिए । उनका खेलकुद शिक्षक सुरेन्द्रकुमार बरालले निर्मल सानैदेखि साहसी, अनुशासित र खेलकुदप्रेमी विद्यार्थी भएको स्मरण गरे। पाकिस्तान जानुअघि फोनमा “सर, जनवरीमा चितवन आएर सँगै रमाइलो गरौं” भनेको सम्झँदा अहिले मन छट्पटिएको उनले बताए।

हिमपहिरोको खबर आउँदासम्म आफूले निर्मल सुरक्षित फर्किने विश्वास गरेको तर निधनको समाचारले जीवनकै ठूलो क्षति महसुस भएको उनको भनाइ छ। विद्यालयका शिक्षक शैलेन्द्र बराल र प्राचार्य रामचन्द्र न्यौपानेले पनि निर्मलले विश्व कीर्तिमानमार्फत विद्यालय, चितवन र नेपाललाई गौरवान्वित बनाएको उल्लेख गर्दै उनको निधन राष्ट्रकै लागि अपूरणीय क्षति भएको बताएका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area