समाचार

सिरहाको गोलबजारमा कर्फ्यू हटाइयो

Banner

सिरहा, साउन १७-

जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार नगरपालिका क्षेत्रमा जारी कर्फ्यू आदेश पूर्ण रूपमा हटाएको छ । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलद्वारा जारी सूचनाअनुसार जिल्लाको पछिल्लो सुरक्षा अवस्थाको विश्लेषण तथा समीक्षापछि आज साँझ ७ बजेदेखि कर्फ्यू आदेश हटाइएको हो ।

प्रशासनले सुरक्षा अवस्था सामान्य बन्दैगएको निष्कर्षपछि कर्फ्यू हटाउने निर्णय गरिएको जनाएको छ । यससँगै गोलबजार क्षेत्रमा अब कर्फ्यू आदेश लागू नहुने भएको छ । यसअघि प्रशासनले सुरक्षा अवस्थाको समीक्षा गर्दै आज बिहान १० बजेदेखि बेलुका ७ बजेसम्म कर्फ्यू खुकुलो बनाएको थियो । सो अवधिमा सवारीसाधन सञ्चालनमा सहजीकरण गरिएको भएपनि ५ जनाभन्दा बढी व्यक्तिको समूहमा भेला नहुन प्रशासनले आग्रह गरेको थियो ।

पछिल्लो सुरक्षा अवस्थाको सुधारसँगै प्रशासनले बेलुका ७ बजेदेखि कर्फ्यू पूर्ण रूपमा हटाउने निर्णय गरेको हो । प्रशासनले नागरिकलाई शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न सहयोग गर्न आग्रह गरेको छ । सुनसरी घटनापछि उत्पन्न तनावका कारण गोलबजार क्षेत्रमा केही दिनदेखि कर्फ्यू लगाइएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area