चितवन विशेष

चितवनमा पर्वतका महिला उद्यमीसँग अन्तरक्रिया

Banner

चितवन, माघ २५

उद्योग वाणिज्य संघ–चितवनको सचिवालयमा आज महिला उद्यमीसँग अन्तरक्रिया भएको छ ।

पर्वत जिल्लाका महिला उद्यमी र चितवनका महिला उद्यमी बीच अनुभवको आदानप्रदान गर्न सो अन्तरक्रिया गरिएको हो ।

पर्वत उद्योग वाणिज्य संघका महिला उद्यमीलाई स्वागत गर्दै उद्योग वाणिज्य संघ चितवनका महिला उद्यमी समिति संयोजक रजनी मास्केले यस किसिमको भेटघाट तथा छलफल कार्यक्रमले सिप तथा ज्ञान साटासाट गर्नमा ठूलो सहयोग पुग्ने बताइन् । कार्यक्रममा संयोजक मास्केले भेटघाट तथा छलफल कार्यक्रमको लागि उद्योग वाणिज्य संघ–चितवनलाई छनोट गरेकोमा आभार व्यक्त गरिन् ।

कार्यक्रममा पर्वत उद्योग वाणिज्य संघ महिला उद्यमी समितिका सभापति माया गिरीले आफू भन्दा विकसित उवासंघहरुका महिला उद्यमीहरुले गरेका क्रियाकलापहरुको बारेमा जानकारी लिने उद्देश्यले उद्योग वाणिज्य संघ चितवनमा भेटघाट तथा छलफल कार्यक्रमको आयोजना गरिएको बताइन् । अन्तरक्रिया एवम् छलफल कार्यक्रममा महिला उद्यमीले आपसी सिप, ज्ञान र उत्पादनको आदानप्रदानको बारेमा छलफल गरेको संघका कार्यकारी निर्देशक निलबहादुर केसीले जानकारी दिए ।

पर्वत जिल्लाको विभिन्न स्थानमा उद्यम, व्यवसाय गरिरहेका १५ जना महिला उद्यमी र उद्योग वाणिज्य संघ–चितवनमा आवद्ध महिला उद्यमीबीच भएको कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष राजु श्रेष्ठ, निवर्तमान अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका कार्यसमिति सदस्य सहनलाल प्रधान, वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठ, कार्यसमिति सदस्य योगिता पिया, शर्मिला न्यौपाने, पूर्णिमा श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । पर्वत उद्योग वाणिज्य संघ महिला उद्यमी विकास समितिको संघ अध्ययन अवलोकन भ्रमण अन्तरगत उक्त कार्यक्रमको आयोजना गरिएको हो । महिला उद्यमी विकास समितिका संयोजक रजनी मास्केको अध्यक्षता सो कार्यक्रम भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>