चितवन विशेष

बेटर चितवनको संयोजकमा विमोचन आचार्य चयन

Banner

चितवन माघ २४-

सामजिक अभियानमा सक्रिय संस्था बेटर चितवनको संयोजकमा विमोचन आचार्य चयन भएका छन् ।
संस्थाको आज बसेको बोर्ड बैठकले सन् २०२१ को नयाँ कार्यकालको लागि संयोजकमा आचार्यलाई नियुक्त गरेको हो ।

२०२० को संयोजक सजिता पौडेलले नवनियुक्त संयोजक आचार्यलाई पदभार हस्तान्तरण गर्दै समाज परिवर्तको क्षेत्रमा  काम गर्दा  खुशी लागेको बताइन् ।यस्तै संस्थाले आज नयाँ कार्यकालका लागि छनोट भएका सदस्यहरुलाई पनि स्वागत गरेको हो ।

सो बैठकमा बोल्दै बेटर चितवनका संस्थापक अध्यक्ष सागर कार्कीले आगामी दिनमा सामजिक सरोकारका विषयमा निरन्तर प्रभावकारी ढङ्गले अगाडि बढ्ने बताए ।
नवनियुक्त संयोजक विमोजन आर्चायले कोभिडका कारण रोकिएका कार्यक्रम निरन्तर रुपमा अगाडि बढ्ने बताउँदै आफ्नो कार्यकालमा थप जिम्मेवारीपूर्वक सामजिक काममा संस्था अगाडि बढ्ने प्रतिबद्धता जनाए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>