इच्छकामना

वडाध्यक्षको निधनको शोकमा इच्छाकामना गाउँपालिका र मातहतका कार्यालय बन्द

Banner

चितवन,माघ २२-

चितवनको इच्छाकामना गाउँपालिका र गाउँपालिका मातहतका सम्पूर्ण कार्यालय आज एक दिन बन्द हुने भएका छन् । वडा नं ४ का वडाध्यक्ष होमबहादुर रानामगरको निधनको शोकमा सबै कार्यालय बन्द गरिने भएका हुन् । वडाध्यक्षको निधनप्रति शोक व्यक्त गर्दै कार्यपालिकाको बैठकले गाउँपालिका र गाउँपालिका मातहतका सम्पूर्ण कार्यालय आज बन्द गर्ने निर्णय गरिएको अध्यक्ष गीताकुमारी गुरुङले जानकारी दिनुभयो ।

कलेजोमा समस्या देखिएपछि लामो समयदेखि उपचारत रहेका ३८ वर्षीय वडाध्यक्ष रानामगरको उपचारकै क्रममा मङ्गलबार राति भारतको मेदान्त अस्पतालमा निधन भएको थियो । उहाँका श्रीमती र एक छोरी हुनुहुन्छ । रानामगर नेपाली काँग्रेसका तर्फबाट वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>