राजनीति
प्रचण्ड-नेपाल समूहका सर्लाही इञ्चार्जको मोटरसाइकल दुर्घटनामा ज्यान गयो
०

सर्लाही,माघ २२-
नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड-नेपाल समूहका केन्द्रीय सदस्य एवं सर्लाही इन्चार्ज डाचाराज वाग्लेको मोटरसाइकल दुर्घटनामा परेर ज्यान गएको छ । बरहथबामा भएको नेकपाको मसाल जुलुस सकेर नयाँरोडतर्फ जाँदै गर्दा नयाँरोड–बरहथवा सडकखण्डको सोल्टिमोड नजिक भएको मोटरसाइकल दुर्घटनामा वाग्लेको ज्यान गएको सर्लाही प्रहरीले जानकारी दिएको छ ।
बुधबार राति ९ बजेतिर सडकमा लडिरहेको शव र ज १० प ३२०६ नम्बरको मोटरसाइकल देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । हरिपुर नगरपालिका-१ हजारबिघा घर भएका ५१ वर्षका वाग्लेलाई उपचारको लागि बरहथवा प्राथमिक स्वास्थ्य केन्द्र पुर्याउँदा चिकित्सकले मृत घोषित गरेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























