राजनीति

आन्दोलनका लागि प्रचण्ड-माधव समूहको चन्दा संकलन अभियान

Banner

काठमाडौं,माघ २१-

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव समूहले माघ २८ गते काठमाडौंमा गर्ने विरोध प्रदर्शनका लागि चन्दा संकलन थालेको पाइएको छ। कार्यक्रमलाई सफल बनाउनका लागि नेकपा प्रदेश २ कमिटीको निर्णयबाट चन्दा संकलन थालिएको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको असंवैधानिक कदमलाई असफल बनाउनका लागि जनता उतार्न ‘सहयोग संकलन’ गर्ने निर्णय गरेको एक स्थायी कमिटी सदस्यले बताए। उनले देशभर यो अभियान संचालन गरिएको जानकारी दिए ।

‘यसअघिका प्रदर्शनमा आउने सबै व्यवस्था व्यक्तिहरु स्वयंले नै व्यहोरेको थिए। अहिले चाहिँ जनतालाई समस्या पर्ने देखिएपछि सहयोग गर्न चाहनाले आफ्नो क्षमताअनुसारको रकम सहयोग गर्न सक्ने कुपन बनाएका हौँ’ ती नेताले भने, ‘१०० देखि पाँच हजारसम्म सहयोग गर्न सक्ने टिकट बनाएका छौँ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>