चितवन विशेष

चितवनको आँपटारीमा यातायात कार्यालय निर्माणस्थलको मन्त्री नेम्वाङद्वारा निरीक्षण

Banner

चितवन,माघ १९-

भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले वाग्मती प्रदेश यातायात कार्यालय निर्माणस्थलको निरीक्षण गर्नुभएको छ । भरतपुर महानगरपालिका–१ आँपटारीस्थित निर्माणस्थलमा पुगेर मन्त्री नेम्वाङले निरीक्षण गर्नुभएको हो । सो क्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ केन्द्रीय उपाध्यक्ष रामप्रसाद सुवेदी छिटो भन्दा छिटो कार्यालय स्थापनाका लागि पहल गरिदिन मन्त्री समक्ष आग्रह गर्नुभएको थियो । काठमाडौँपछि सवारी साधनको धेरै चाप चितवनमा रहेको स्मरण गराउँदै तत्काल कार्यालयको आवश्यक रहेको सुवेदीले बताउनुभयो ।

मन्त्री नेम्वाङले प्रदेश यातायात कार्यालय स्थापनाको लागि आफू प्रतिवद्ध रहेको बताउनुभयो । कार्यालय स्थापनाबारे प्रदेश सरकारले केन्द्रमा निर्णय पठाइ सकिएको भन्दै अन्य मन्त्रालयसँग समन्वय गरेर अघि बढाइने बताउनुभयो । उहाँले भन्नुभयो, ‘उपलब्ध जग्गा वन मन्त्रालयसँग जोडिएको छ, हामी आवश्यक समन्वय गरेर प्रक्रिया अघि बढाउछौँ’ मन्त्री नेम्वाङले भन्नुभयो ।

२०७४ सालमा चितवनका नेता विक्रम पाण्डे वन मन्त्री हुँदा आँपटारीमा कार्यालय स्थापनाको प्रक्रिया अघि बढेको थियो । उहाँकै पहलमा आँपटारीस्थित सशस्त्र प्रहरीको सीमा सुरक्षा कार्यालय अगाडिको खाली जग्गा दुई बिघा ७ कठ्ठा उपलब्ध गराइएको थियो । उहाँले मन्त्रीपरिषद् बैठकबाट निर्णय प्रक्रिया अघि बढाउने बेलामा सरकार ढलेपछि यो कार्य रोकिएको थियो । नारायणी अञ्चलको वीरगञ्जमा यातायात व्यवस्था कार्यालय रहँदै आएको र हाल वीरगञ्ज प्रदेश २ अन्र्तगत परेपछि चितवन, मकवानपुर र धादिङलाई पायक पर्ने गरी चितवनमा कार्यालय स्थापना गर्न लागिएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>