खैरहनी

खैरहनीका सामुदायिक विद्यालयलाई डस्बिन वितरण

Banner

चितवन, माघ १३–

फोहोर व्यवस्थापनका लागि खैरहनी नगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयलाई डस्बिन वितरण गरेको छ ।

विद्यालयबाट सकरात्मक सन्देश प्रवाह हुने भएकाले पहिलो चरणमा यहाँका सामुदायिक विद्यालयलाई डस्बिन वितरण गरिएको नगरपालिकाका वातावरण तथा विपद् व्यवस्थापन शाखा प्रमुख इन्जिनियर निर्मल अर्यालले जानकारी दिए । कुहिने, नकुहिने र पुनः प्रयोग गर्न मिल्ने फोहोरलाई छुट्टाछुट्टै व्यवस्थापन गर्ने गरी तीन वटा रंगको डस्बिन प्रदान गरिएको इन्जिनियर अर्यालले बताए । प्रती विद्यालय ३/३ थान डस्बिन दिइएको छ ।

खैरहनीमा आधारभूत र माध्यमिक गरी कुल २७ वटा सामुदायिक विद्यालय छन् । खैरहनी माध्यमिक विद्यालयमा औपचारिक कार्यक्रम गरी वितरणको काम सुरु गरिएको थियो । खैरहनी–१ का वडा अध्यक्ष एवं वातावरण तथा विपद् व्यवस्थापन समिती संयोजक भुमीप्रसाद कँडेलको अध्यक्षतामा भएको कार्यक्रममा नगरपालिका प्रमुख प्रसाशकिय अधिकृत चन्द्रकान्त न्यौपाने, स्थानीय शिक्षा अधिकारी राजु बानियाँ, खैरहनी माध्यमिक विद्यालयका प्रधानाध्यापक शम्भुशंकर बर्तौलाको उपस्थितिमा डस्बिन वितरण गरिएको थियो । अन्य विद्यालयमा भने अनौपचारिक रुपमा डस्बिन प्रदान गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>