राजनीति

बामदेवले भनेः जसले अध्यक्ष दिन्छ त्यही समूहमा जान्छु

Banner

काठमाडौं,माघ १३-

विभाजित नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष बामदेव गौतमले आफू पार्टी एकताका लागि अन्तिमसम्म प्रयास गर्ने बताएका छन् । सोमबार पत्रकारहरुसँग कुरा गर्दै नेता गौतमले जुन समूहले अध्यक्ष दिन्छ त्यही समूहमा जाने र पार्टी एकताका लागि प्रयास गर्ने प्रष्ट पारे ।

‘म कुनै समूहमा जानका लागि अभियान चलाएको होइन’, उनले भने, ‘जुन समूहले मलाई अध्यक्ष दिन्छन्, त्यही समूहमा गएर अध्यक्ष हुन्छु र पार्टी एकता गर्दछु ।’ उपाध्यक्ष गौतमले आफूले पार्टीमा गुटबन्दी नगरेकाले आफ्नो पक्षमा कोही नभएको प्रष्ट्याए । ‘मैले पार्टीमा गुटबन्दी नगरेकाले मसँग कोही पनि केन्द्रीय सदस्य छैनन्, मसँग अहिले हरि पराजुलीभन्दा कोही छैनन्’, उनले थपे ।

नेता गौतमले पार्टी विभाजनसम्बन्धी आइतबार निर्वाचन आयोगले गरेको निर्णयले पार्टी एकता राष्ट्रिय अभियानलाई बल पुगेको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>