राजनीति

दाङमा ओली पक्ष नेकपाको बृहत आमसभा, जनताको साथ लिएर देश बनाउँछुः ओली

Banner

दाङ,माघ १३ –

प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको साथ लिएर देश बनाउने दिशामा आफु रहेको दाबी गरेका छन् । ‘म असफल भएर केही हुदैन । देश असफल हुनुहुँदैन । जनता असफल हुनुहुँदैन । हामीले प्राप्त गरेका उपलब्धीहरु गुम्न दिन हुँदैन’उनले भने–‘म शासनमा बसिरहन्छु भन्या छैन । मलाई काम गर्न खोज्दा खोज्दै पनि कामै गर्न नदिने तत्वलाई दण्डित गर्न चुनावमा जाने घोषणा गरेको हुँ । त्यस्ता नेतालाई जनताले छानीछानी दण्डित गर्ने छन् ।’

संसदमा ‘झुक्किएर पनि कुतत्वहरुलाई जिताएर नपठाउन’ उनले आह्वान गरेका छन् ।‘संसद जस्तो गरिमामय ठाउँमा, कानुन बनाउने ठाउँमा उम्किएर पनि, झुक्किएर पनि पुग्न दिन हुदैन,’ उनले भने–‘चुनावमा सानदार विजय हासिल गरेर देशलाई अघि बढाउने छौं ।’

देशमा अब कोही भोको बस्नुनपर्ने, भोको बस्न नदिइने सरकारको स्पष्ट नीति रहेको उनले दावी गरे । ‘अब कोही भोको बस्नुपर्ने छैन् । भोको बस्न दिइने छैन,’उनले भने–‘सडकमा कोही पनि सकक आश्रीत मानव रहने छैनन् । सबैलाई उद्धार गरिने छ । सडक बालबालिकालाई सरकारले उद्धार गरेको छ ।’

दाङमा औद्योगिक क्षेत्र

मन्त्रिपरिषद्को बैठकले दाङको घोराहीमा औद्योगिक क्षेत्र बनाउने निर्णय गरेको प्रधानमन्त्री केपी शर्मा ओलीले जानकारी दिए । ‘दाङलाई औद्योगिक क्षेत्र बनाउन चाहन्छौं । त्यसका लागी हामीले मन्त्रिपरिषद्को बैठकबाट निर्णय गरिसकेका छौं,’उनले भने–‘दाङमा एयरपोर्ट बनाउने दिशामा हामी गएका छौं ।’ लुम्बिनी प्रदेशको स्थायी राजधानीलाई आधुनिक शहरको रुपमा विकास गराउने प्रतिबद्धता समेत उनले व्यक्त गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>