खैरहनी

किसानलाई चेम्बरले दियो कुखुरापालन सम्बन्धी तालीम

Banner

चितवन, माघ १२–

खैरहनी नगरपालिकाभित्र रहेका कुखुरापालक किसानहरुलाई कुखुरापालन सम्बन्धी तालीम दिइएको छ ।

खैरहनी चेम्बर अफ कमर्सले सोमबार उनीहरुका लागि एक दिने तालीम दिएको हो । सानो लगानीबाट व्यवसाय सुरु गरेका किसानहरुलाई पूर्ण रुपमा कुखुरापालन सम्बन्धी ज्ञान नहुने हुँदा तालीम आयोजना गरिएको चेम्बर अफ कमर्सका उपाध्यक्ष उत्तम अधिकारीले बताए । ३९ जना पशुपालक किसानहरु सहभागी तालीममा डाक्टरद्धय सरोज पराजुली र रविन राउतले चल्ला ब्रिडिङ, जैविक सुरक्षा, रोग पहिचान, नयाँ खोर निर्माण, दाना, पानी व्यवस्थापन, भ्याक्सिन प्रयोग लगायतका विषयमा प्रशिक्षण दिएका थिए ।

खैरहनी चेम्बर अफ कमर्सका अध्यक्ष प्रकाश श्रेष्ठको अध्यक्षतामा भएको तालीमको उद्घाटन शत्रमा वरिष्ठ उपाध्यक्ष चन्द्रकुमारी चौधरीले स्वागत मन्तव्य तथा सचिव केशव लम्सालले कार्यक्रम संचालन गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>