कालिका

दिपज्योतीको भाग्यशाली उपहार

Banner

चितवन, माघ १२–

एलजीको आधिकारीक बिक्रेता दीपज्योती मल्टी सप्लायर्सले ग्राहकहरुका लागि आयोजना गरेको भाग्यशाली चिठ्ठा सार्वजनिक गरेको छ ।

कालिका नगरपालिका वडा नं ६ क्लव चोकमा रहेको सप्लायर्सको शाखा कार्यालयमा चिठ्ठा सार्वजनिक गरिएको सञ्चालक ज्ञानेन्दप्रसाद दाहालले जानकारी दिए । वडा नं ६ का वडा सदस्य दशरथ सापकोटा प्रमुख अतिथि रहेको सो कार्यक्रममा खेलेसिमल बजार व्यवस्थापन समितिका अध्यक्ष हरि भण्डारीले मन्तव्य राखेका थिए ।

सार्वजनिक चिठ्ठा अनुसार २१८१ नम्वरको कुपनलाई फ्रीज, २३४० नम्वरको कुपनलाई इन्डक्सन चुलो, २०२७ नम्वरको कुपनलाई एलईडी टिभी, २७०० र ११०२ नम्वरको कुपनलाई वाटर प्युरिफाइ, १४४३,२६३२ र १३१५ नम्वरको कुपनलाई आईरन, १३१३ र १३९ नम्वरको कुपनलाई राईस कुकर, २८०३ नम्वरको कुपनलाई सिसाको टेवल, २११० नम्वरको कुपनलाई मोबाईल र २५ जना ग्राहकलाई हाते घडी उपहार परेको संचालक दाहालले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>