खैरहनी

खैरहनीका महिलालाई शीप विकास तालीम

Banner

चितवन, माघ १२–

पूर्वी चितवनको खैरहनी नगरपालिकाका महिलाहरुलाई आयआर्जनमा टेवा पु¥याउने उदेश्यका साथ सोमबारदेखी शीप विकास तालीम सुरु भएको छ ।

नगरपालिकाको महिला तथा बालबालिका शाखा अन्र्तगत चालु आर्थिक वर्षमा विनियोजित बजेटबाट खैरहनी–२ नमुनाबस्तीका विपन्न महिलाका लागि बाख्रापालन सम्बन्धी तालीम सुरु भएको हो । खैरहनी–२ का वडा अध्यक्ष टिकादत्त इटनी, नगरपालिकाको सामाजिक विकास समिति संयोजक एवंम् खैरहनी–७ का वडाध्यक्ष मनेजर महतो, पशुपंक्षी विकास शाखा प्रमुख रुद्र श्रेष्ठको उपस्थितिमा तालीमको सुरुवात गरिएको थियो ।

पाँच दिने तालीमपछि उनीहरुलाई वस्तुगत टेवा समेत प्रदान गरिने नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख कृष्णकुमारी गुरुङले जानकारी दिईन् । तालीम अवधिभर बाख्रामा नश्ल सुधार, बाख्रापालनको समस्या तथा सुधार गर्नुपर्ने पक्ष, बाख्राको खोर निर्माण तथा व्यवस्थापन, पोषण आहारको अवस्था, उन्नत घाँस, बाख्रापालन समूह गठन, व्यवसायको परिचय र फाइदा, चरन क्षेत्र व्यवस्थापन, बोका खशीको व्याड हेरचाह र व्यवस्थापन, रोगको पहिचान तथा समाधानका उपाय, बाँझोपन लगायतका विषयमा किसानलाई जानकारी गराईनेछ ।

तालीममा नगरपालिका पशुपंक्षी शाखा प्रमुख रुद्र श्रेष्ठ, महिला तथा बालबालिका शाखा प्रमुख गुरुङ, उपप्रमुख विमला रानाभाटले सहजीकरण गर्नेछन् । तालीम पश्चात सहभागीहरुको समूह बनाई समूहको खातामा वस्तुगत टेवाका लागि प्रति सहभागी ७ हजार ५ सय रुपैयाँ सहयोग गरिने शाखाकी उपप्रमुख रानाभाटले बताईन् ।

सो रकममा व्यक्तिगत केही थप गरि दुई वटा पाठा खरिद गर्नु पर्ने छ । तालीम अघि स्थलगत अध्ययन गरी स्थान र व्यक्ती छनौट गरिएको थियो । यो वर्ष ६० जना महिलालाई तालीम दिएर वस्तुगत टेवामा सहयोग गर्न ४ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>