राजनीति

पूर्वमाओवादी लडाकु र पूर्वएमालेका नेता ओली नेतृत्वमा आउने लहरः नेता बस्नेत

Banner

चन्द्रौटा,माघ ११ –

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता महेश बस्नेतले पूर्वमाओवादीका लडाकु आफूहरुका पक्षमा आउने लहर चलेको बताउनुभएको छ । कपिलवस्तुको चन्द्रौटामा युवा सङ्घका पदाधिकारीसँगको भेटघाटका क्रममा सङ्घका पूर्वाध्यक्ष बस्नेतले पूर्वमाओवादीका धेरै नेता प्रधानमन्त्री केपी शर्मा ओली पक्षमा आउने क्रम जारी रहेको र पूर्वएमालेका सबै नेता आगामी वैशाखसम्म ओली नेतृत्वको नेकपामा आउने जिकिर गर्नुभयो ।

एक प्रसङ्गमा उहाँले कार्यकारी अध्यक्षका रुपमा पुष्पकमल दाहाल प्रचण्डलाई जिम्मा दिइए पनि पार्टी एकताका केही काम गर्न नसकेको आरोप लगाउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>