देश/प्रदेश

प्रचण्ड–माधव समूह (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दै

Banner

काठमाडौं, माघ ११–

प्रचण्ड–माधव समूह नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज (आइतबार) बस्दैछ ।

प्रतिनिधिसभा विघटनविरुद्ध थप संघर्षका कार्यक्रम सार्वजनिक गर्न स्थायी कमिटीको बैठक बस्न लागेको हो । यो समूहले शुक्रबार काठमाडौंमा शक्ति प्रदर्शन गरेको थियो ।

प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार आइतबार १२ः३० बजे बैठक बस्ने लागेको हो । त्यसअघि शनिबार केन्द्रीय कार्यालय पेरिसडाँडाँमा उपलब्ध स्थायी कमिटी सदस्यहरु बीचमा पार्टीको ९ गतेको विरोध सभाको समिक्षा र आगामी कार्यक्रमबारे सामान्य छलफल भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>