राजनीति

रौतहट पुगेर प्रभु साहले भनेः प्रचण्ड मुक्त देश बनाउनुपर्छ

Banner

रौतहट,माघ १०-

शहरी विकासमन्त्री प्रभु साहले प्रचण्डमुक्त देश बनाउनुपर्ने बताएका छन् । प्रचण्ड र माधव नेपालका कारण पार्टीको अहिलेको अवस्था आएको भन्दै उनले प्रचण्डमुक्त देश बनाउनुपर्ने बताएका हुन् । गौरमा आयोजित अगुवा कार्यकर्ता भेलामा ओली समूहका नेता समेत रहेका साहले वास्तविक माओवादीहरुले पार्टी एकता चाहेको, तर लामो प्रचण्ड पदको लोभमा डुबेको आरोप लगाए । प्रधानमन्त्री र पार्टी अध्यक्ष बन्ने लोभले प्रचण्डले पार्टी एकता टुटाएको भन्दै उनले भने, ‘अन्तरघातीहरुलाई पाठ सिकाउनुपर्छ ।’

उनले राजा ज्ञानेन्द्रलाई दाम चढाउन गएको तथा एमालेलाई ध्वस्त पारेको भन्दै माधवकुमार नेपालको पनि चर्को आलोचना गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>