खेलकुद

माडी गोल्डकप फुटवल प्रतियोगिताको फाईनल आज

Banner

सुवास लामिछाने,

माडी,माघ १०-

चितवनको माडीमा जारी दोश्रो राष्ट्रियस्तरको माडी गोल्डकप फुटवल प्रतियोगिताको फाईनल खेल आज हुदैछ । उपाधिका लागी आज दिउँसो २ः०० बजे काठमाण्डौ ११ र सेन्ट्रल कलेज बि एफ सि भरतपुर विच प्रतिस्पर्धा हुने प्रतियोगिता आयोजक समितिका अध्यक्ष नविन वस्यालले जानकारी दिनुभयो । काठमाण्डौ ११ ले लेखनाथ युनाइटेड क्लव पोखरालाई ट्राईब्रेकरमा ४–२ गोलले पराजित गर्दै फाईनलमा प्रवेश गरेको हो भने सेन्ट्रल कलेज बि एफ सि भरतपुरले माडी ११ लाई १–० गोल गर्दैै फाईनलमा प्रवेश गरेको हो ।

प्रतियोगिताको विजेता टिमले गोल्डकप सहित नगद २ लाख र उपविजेता टिमले नगद १ लाख हात पार्ने प्रतियोगिता आयोजकले जनाएको छ । प्रतियोगिता गत माघ ३ गते देखि शुरु भएको हो । प्रतियोगितामा काठमाण्डौं ११ र सेन्ट्रल कलेज बि एफ सि भरतपुर सहित ८ टिमको सहभागिता रहेको थियो । माडी ११, बिरगंज युथ एकेडेमी बिरगंज, लेखनाथ युनाइटेड पोखरा, अल स्टार क्लब तनहुँ, एफसी मुन्डियाल हेटौडा, र एभरेष्ट क्लब चितवनको सहभागिता रहेको थियो । प्रतियोगितामा सबै पक्षको साथ सहयोग भएकाले भव्यताका साथ फाईनलसम्म आईपुगेको आयोजक कमिटिका अध्यक्ष नविन वस्यालले बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>