चितवन विशेष
भरतपुरको दीप ज्योति सहकारीको पूँजी ५३ करोड रुपैयाँ पुग्यो

चितवन, माघ ७-
भरतपुरको दीपज्योति सहकारीको पूँजी ५३ करोड रुपैयाँ पुगेको छ ।
सहकारीको आज सम्पन्न २७ औं स्थापना दिवस एवम् २६ औं वार्षिकोत्सबको अवसरमा सो जानकारी गराइएको हो । संस्थाको शेयर सदस्य चार हजार बढी रहेका छन् । विसं. २०५१ साल माघ ७ गते २८ जना शेयर सदस्यले एक हजार जम्मा गरेर सो सहकारी स्थापना गरेका थिए ।
वार्षिकोत्सब कार्यक्रममा वागमती प्रदेश बचत तथा ऋण सहकारी संघका सञ्चालक तेजेन्द्रबहादुर खड्काले दिपज्योति जिल्लामा नमुना सहकारीको रुपमा विकास भएको बताए । सहकारीहरु एक आपसमा गाभिएर ठूला र व्यवस्थित हुनु पर्नेमा उनले जोड दिए । कार्यक्रममा जेष्ठ सदस्य गिरीप्रसाद न्यौपाने, भगवती घिमिरे, तुलसीराम आचार्यलगायतले मन्तव्य राखेका थिए । सो अवसरमा २२ जना जेष्ठ सदस्य, शेयर सदस्य परिवारको दुई जना विद्यावारिधी गरेका र एसईईमा उत्कृष्ट अंक ल्याउने पाँच जनालाई सम्मान गरिएको थियो ।
सोही अवसरमा यस्तै मुक्तिनगर टोल विकास संस्थालाई १५ थान र सिद्धिबिनाएक गणेश मन्दिरलाई १० थान कुर्सी बितरण गरिएको थियो । सहकारीको केन्द्रीय कार्यालय रहेको मुक्तिनगर टोल विकास संस्थालाई हरेक वर्ष वार्षिकोत्सबमा सहयोग गरिर्दै आएको छ । कार्यक्रम संस्थाका अध्यक्ष भोला सिवाकोटीको अध्यक्षतामा भएको थियो ।
























