चितवन विशेष

चितवनको कुमरोज सामुदायिक वनको साधारण सभा सुरु

Banner

चितवन, माघ ५-

कुमरोज मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको १३ औं वार्षिक साधारण सभा सोमबारबाट सुरु भएको छ ।

भेला सभा माघ ८ गते बिहीबारसम्म सञ्चालन हुने भएको छ । वनका अध्यक्ष गणेशकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा खैरहनी नगरपालिका–१३ का वडाअध्यक्ष बालकुमार उप्रेतीले सबै राजनीतिक दल र समुदायले आफ्नो स्वार्थमाथि उठेर पर्यटक भित्र्याउँन लाग्नुपर्ने बताए । उनले वनलाई वडा र नगरबाट सकेजति सहयोग गरिने प्रतिबद्धता समेत जनाएका छन् ।

कार्यक्रमका बुढीराप्ती उपभोक्ता समितिका अध्यक्ष हिराबहादुर गुरुङले कुमरोजलाई पर्यटन हब बनाएर अगाडि बढ्न सबैको हातेमालो जरुरी रहेको बताए । त्यस्तै कार्यक्रमका चितवन राष्ट्रिय निकुञ्ज सौराहा सेक्टर प्रमुख प्रकाश उप्रेतीले संरक्षणमा आफू हरेक तवरले लागि पर्ने र वनले गरेका संरक्षणका गतिविधिमा साथ दिन राष्ट्रिय निकुञ्ज तयार रहेको जनाए ।

कार्यक्रमका सभापति एवम् वनका अध्यक्ष श्रेष्ठले सम्पूर्ण उपभोक्ताका गुनासोलाई सम्बोधन गर्दै पर्यटकीय गतिविधिलाई अगाडि बढाएर स्थानीयको अवस्थालाई सुधार्ने र संरक्षणको भाव जगाउन आफू लागि पर्ने बताउँदै वनले उपभोक्ता लक्षित विभिन्न कार्यक्रम लिएर आउने विचार राखे ।
वनका उपाध्यक्ष सानोकाजी कँुवरले स्वागत मन्तव्य राखेको उद्घाटन कार्यक्रममा कोषाध्यक्ष उज्ज्वल बर्तौलाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने वनका सचिव श्यामप्रसाद बराकोटीले कार्यक्रम सञ्चालन गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>