समाज
आज २०७७ माघ ५ गते सोमबारको दिन,यस्तो छ तपाईको राशिफल

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
सोखले खर्च बढाए पनि मनपर्ने भौतिक साधन जोड्ने समय छ। लगानी बढाउनुपरे पनि व्यवसाय थालनी हुनेछ। प्रेमको बन्धन कसिनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
प्रतिस्पर्धाले नयाँ अवसर दिलाउन सक्छ। जटिल काम समेत सम्पादन हुनेछ । पुरुषार्थद्वारा प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। पहिले दुश्मनी गर्नेहरूले पनि मित्रताका हात अघि बढाउनेछन्।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
सानो प्रयासले नै काम बन्नेछ। सुन्दर पहिरनमा मन रमाउनेछ। आगन्तुकको उपहारले प्रसन्नता मिल्नेछ। कामले जीवनशैली व्यस्त रहनेछ। पछिका लागि कर्मफल सञ्चय गर्ने समय छ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
चुनौतीपूर्ण जिम्मेवारी वहन गर्नुपरे पनि बुद्धि–विवेकले काम गर्न सकिनेछ। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि आत्मविश्वास, मिहिनेत र लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। समस्या दर्साउँदा सहयोगीहरूको समेत साथ प्राप्त हुनेछ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
नयाँ कामको प्रस्ताव आउनेछ भने मनग्य धन आर्जन हुनेछ। बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्नेछ। चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। व्यवसायको लगानीले मनग्गे धनलाभ हुनेछ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। दिन उत्साहपूर्ण रहनेछ। पढाइको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ र लेखन कलामा निखारता आउनेछ। अध्ययनका लागि भ्रमणको मौका जुट्न सक्छ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
मेहनतले पदीय जिम्मेवारी दिलाउनेछ। विशेष अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। भाग्यले विभिन्न अवसर थमाउनेछ।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
अध्ययनमा प्रगति हुनेछ। लगनशीलताले संकल्प पूरा गर्न सकिनेछ। कमजोर नतिजा सच्याउन केही काम दोहोर्याउनुपरे पनि मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। आलोचकहरूले समेत प्रशंसा गर्न थाल्नेछन्।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
विश्वासपात्रबाट धोका हुन सक्छ, सजग रहनुहोला। निर्णय लिएर पनि शंका गर्ने बानीले पछि परिनेछ। परिस्थितिअनुसार चल्न नसक्ता दुस्ख पाइनेछ। महत्त्वाकांक्षी योजना कार्यान्वयनमा आफ्नैले बाधा पुर्याउन सक्छन्।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। तर अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ। तापनि मिहिनेत गर्दा पछिका लागि विशेष काममा जग बसाउने अवसर जुट्नेछ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
नयाँ योजना प्रारम्भ गर्न सकिनेछ। आयआर्जनका विविध स्रोत फेला पर्नेछन्। तर श्रमको उचित मूल्यांकन भए पनि प्रतिफलका लागि समय पर्खनुपर्नेछ। आँटेको कामको लगानी पनि अरूका लागि खर्च हुन सक्छ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ। आफन्तबाट टाढिनुपर्ला। व्यवसायमा लगानी बढाउनुपर्ने परिस्थिति आउन सक्छ। लाभप्रद कामले लोभ्याए पनि फजुल खर्च हुन सक्छ। अवसरका लागि कडा परिश्रम गर्नुपर्ला।

























