राजनीति
ओलीलाई देखाउन ९ गते काठमाडौं उपत्यकालाई अस्तव्यस्त बनाउनुपर्छः झलनाथ खनाल
०

काठमाडौं,माघ ४-
पूर्वप्रधानमन्त्री तथा प्रचण्डमाधव समूहका वरिष्ठ नेता झलनाथ खनालले माघ ९ गते केपी ओलीलाई देखाउन काठमाडौं उपत्यकालाई अस्तव्यस्त बनाउन विद्यार्थी नेताहरुलाई निर्देशन दिएका छन् । अनेरास्ववियू प्रचण्डमाधव पक्षको उपत्यकास्तरीय भेलालाई सम्बोधन गर्दै नेता खनालले पार्टीले घोषणा गरेको विरोध प्रदर्शनमा व्यापक जनसहभागिताको आह्वान गर्दै माघ ९ गतेको विरोध प्रदर्शनले काठमाडौैं उपत्यका अस्तव्यस्त बनाउन निर्देशन दिएका हुन् ।
संविधानले प्रधानमन्त्री ओलीलाई संसद विघटन गराउने अधिकार नदिएको भन्दै नेता खनालले दल फुटाउन पनि अोलीले नसक्ने बताए । आफुहरु आधिकारिक भएको भन्दै उनले ओली प्रतिगामी र मण्डले प्रवृत्तिका झुण्डको नेता भएको बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























