राजनीति

गगनजी राष्ट्रपतिसंग होइन मेरो वडा सदस्यसंग चुनाव लडेर देखाउनुसः विद्यासुन्दर शाक्य

Banner

काठमाडौं,माघ ४-

काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले कांग्रेसका नेता गगन थापालाई वडा सदस्यसंग चुनाव लडेर देखाउन चुनौती दिएका छन। काठमाडौं महानगरपालिका वडा नं ४ मा निर्माण हुन् लागेको मनमोहन पार्कको शिलान्यास कार्यक्रममा बोल्दै प्रमुख शाक्यले थापाले चर्चामा आउनका लागि जे पायो त्यही बोल्ने गरेको बताए । केहीदिनअघि थापाले राष्ट्रपतिलाई आफुसंग चुनाव लड्न चुनौती दिएका थिए ।

काठमाडौं महानगरपालिका वडा नं ४ का सदस्य तथा नेकपा काठमाडौं ४ का अध्यक्ष धु्रव त्रिपाठी तर्फ संकेत गर्दै उनले खाली ठुलो पदमा बसेका व्यक्तिलाई गाली गरेर चर्चा कमाउने ध्यान छोडेर वडामा आएर निर्वाचन लडेर विजयी हुन चुनौती दिएका हुन। काठमाडौं महानगरपालिका र अन्य नगरपालिकामा भएका विकास र जनपक्षीय काम बाट डराएर गलत प्रचारको बाटो लिएकोमा दुख व्यक्त गर्दै उनले थापालाई जनमतको अशली परिक्षणका लागि मैदानमा आउन चुनौती दिए ।

उक्त कार्यक्रममा बोल्दै प्रमुख शाक्यले कमल पोखरीलाई छठ पोखरी बनाउनु पर्छ भन्ने थापाको मागलाई आफुले अस्विकार गरेको जानकारी दिदै अहिले केवल चर्चाको लागि महानगर भन्दा पहिला संचारमाध्यममा पत्र पठाएर नया नौटंकी गरेको आरोप लगाए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>