चितवन विशेष

शेरबहादुर देउवा नै फेरि प्रधानमन्त्री हुन सक्ने सम्भावना : नेता पौडेल

Banner

चितवन, माघ ३ –

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवा फेरि प्रधानमन्त्री हुन सम्भावना रहेको बताए । उनले चुनाव चुनाव भन्न आवश्यक नरहेको र देउवा नै फेरी प्रधानमन्त्री बन्ने दाबी गरेका छन् ।

उनले कम्युनिनस्ट पार्टी फुटेकाले संसद पुनर्स्थापना हुँदा पनि कांग्रेस नै निर्णायक शक्ति बन्ने बताएका छन् । संसद विघटनको विरोधमा भरतपुरमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै उनले यस्तो भनेका हुन । उनले पार्टी सभापति शेरबहादुर देउवा फेरि प्रधानमन्त्री हुन सम्भावना रहेको भन्दै उनले भने, ‘चुनाव चुनाव भन्न जरुरी छैन ।’

पौडेलले संविधानलाई बचाएर मात्र चुनावमा जाने बताएका छन् । न्यायाधीशहरुको विश्वास गर्दै रहेको भन्दै उनले संविधान पढेर फैसला गरिदिन आग्रह गरे ।

उनले केन्द्रीय कार्यसमितिले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भएको भन्दै संसद पुनस्र्थापना अपरिहार्य रहेको बताएका हुन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>