राजनीति

प्रचण्ड जत्तिको इमान्दार अरू कोही छैनः माधव कुमार नेपाल

Banner

दाङ,माघ ३-

नेपाल कम्युतिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहमा अध्यक्ष माधव कुमार नेपालले पुष्ष कमल दाहाल प्रचण्डको इमान्दारिताको प्रशंसा गरेका छन् । प्रचण्डको प्रशंसा गर्दै नेपालले प्रचण्ड जत्तिको इमान्दार अरू कोही भएको बताएका छन् । शनिबार दाङको घोराहीमा योजना गरिएको पत्रकार सम्मेलनमा प्रचण्डको प्रशंसा गर्दै उनमा ठूलो इमान्दारिता भएको बताएका हुन् ।

प्रचण्डको प्रशंसा गर्ने क्रममा नेपालले भनेका छन्, ‘प्रचण्ड जस्तो व्यवहारमा इमान्दार कोही छैनन् । विध्वंसको अर्को नाम केपी ओलि हो ।’ अध्यक्ष नेपालले संसद विघटनको विरूद्धमा कांग्रेससँग मिलेर संयुक्त आन्दोलन गर्ने तयारी गरेको समेत उल्लेख गरेका छन् । यस्तै नेपालले केपी ओलीले संविधानविपरीत कार्य गरेको आरोप लगाए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>