राजनीति

तीन दिने भ्रमणका लागि परराष्ट्रमन्त्री ज्ञवाली आज भारत जाँदै

Banner

काठमाडौँ माघ १-

परराष्ट्रमन्त्री ज्ञवाली तीन दिने भारत भ्रमणका लागि बिहीबार नयाँ दिल्ली जाँदैछन् । दुई देशबिचको संयुक्त आयोग बैठकमा भाग लिन परराष्ट्र मन्त्री ज्ञवाली त्यसतर्फ जान लागेका हुन् ।

मन्त्री ज्ञवालीले कोरोना भाइरसविरुद्धको खोप नेपालमा ल्याउने र सीमा लगायत विषयमा छलफल गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । सीमा सम्बन्धी छलफलले सघन रुप लिने सम्भावना भने नरहेको जनाइएको छ ।

यसैबिच अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्याय, पूर्वमुख्यसचिवहरु लीलामणि पौड्याल, सोमलाल सुवेदीसहित १५ जना नागरिक अगुवाले परराष्ट्र मन्त्री ज्ञवालीको भारत भ्रमणका बेला दीर्घकालीन असर पर्ने सम्झौता गर्न नहुने बताएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>