देश/प्रदेश
नेकपा फुटेको छैनः उपप्रम पोखरेल
०

सर्लाही, पुस २८–
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेकपा नफुटेको बताउनुभएको छ ।
नेकपा सर्लाहीले सदरमुकाम मलङ्गवामा आयोजना गरेको सभालाई सम्बोधन गर्न आउनुभएका उपप्रधानमन्त्री पोख्रेलले प्रेस सङ्गठन नेपाल सर्लाहीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा आफूहरुले वर्तमान राजनीतिक घटनाक्रम जनतालाई बुझाउन अभियान थालेको बताउनुभयो ।
उहाँले तत्कालीन एमाले र माओवादीबीच एकताको शुरुआतको अवस्थाबाटै केही समस्या देखिएको र अहिले सो समस्या सतहीरुपमा मैदानमा देखा परेको हो भन्नुभयो । उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले ताजा जनादेशमा जान प्रतिनिधिसभा विघटन गरेको बताउँदै पार्टी कानूनीरुपमा नफुटेको र निर्वाचन भएरै छाड्ने बताउनुभयो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























