खैरहनी

चितवनमा संस्कृति जोगाउन प्वाका,घोँगी फुडफेस्टिवल हुने

Banner

चितवन, पुस २७–

थारु समुदायको बाहुल्यता रहेको चितवनको खैरहनीमा प्वाका, घोँगी फुड फेष्टिवल हुने भएको छ । थारु समुदायको नयाँ वर्ष २६४४ को अवसर पारेर माघ १ गते वाईएसी इभेन्टले फुड फेस्टिबल आयोजना गर्न लागेको हो ।

थारु समुदायको नयाँ वर्षको अवसरमा यसअघि खैरहनीमा खिचरा महोत्सव हुँदै आएको थियो । तर कोरोना भाईरसपछि मुलुकको विषम परिस्थितिलाई मध्यनजर गर्दै एक दिने फेस्टिवल आयोजना गर्न लागिएको फेस्टिबल संयोजक जयश चौधरीले जानकारी दिनुभयो । फेस्टिबल खैरहनी–६ जमौली स्थित डिज्नी पार्क रिसोर्ट परिसरमा हुनेछ ।

थारु समुदायको संस्कृति जर्गेना गर्ने उदेश्यसहित फेस्टिबल आयोजना गर्न लागिएको संयोजक चौधरीले बताउनुभयो । चौधरीका अनुसार फेस्टिबलमा विषेशगरी प्वाका र घोँगीका साथै थारु समुदायका खानाका परिकार रहनेछन् । फेस्टिबलमा थारु समुदायको खानाको परिकारको स्वाद लिन पाउनुका साथै विभिन्न प्रतियोगिता र सांस्कृतिक कार्यक्रम पनि हुनेछ ।

खिचरा महोत्सवमा जस्तै यस फेस्टिबलमा पनि प्वाका बनाउने प्रतियोगिता, घोंगी खाने प्रतियोगिता र हाँस समाउने प्रतियोगिता आयोजना हुने वाईएसी इभेन्टका प्रमुख रामचन्द्र चौधरीले जानकारी दिनुभयो । साँस्कृतिक कार्यक्रममा लोकदोहोरी गायक मिलन लामा, गायक रोहित सिंह र गायिका अनु चौधरीको सांगीतिक प्रस्तुती समेत रहने इभेन्ट प्रमुख चौधरीले बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>