चितवन विशेष

चितवनको दुग्ध सहकारीमा प्रचण्ड-नेपाल समूहलाई पराजित गर्दै ओली समूह विजयी

Banner

चितवन,पुस २७-

तल्लो तहसम्म दुई कित्तामा विभाजित नेकपाको विवाद दुग्ध सहकारीमा पनि देखिएको छ । नेकपाका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली समुह र अर्का अध्यक्ष प्रचण्ड–नेपालसमुहबीच चितवनको राप्ती–७ मा रहेको शहीद बलराम दुग्ध उत्पादक सहकारी संस्थाको अधिवेशनमा भएको प्रतिस्पर्धाले स्थानीय तहमा रहेका सहकारीसम्म विवाद भएको प्रष्ट देखिन्छ ।

सो सहकारीको नयाँ कार्यसमिति चयनका लागि नेकपा अध्यक्ष ओली समुहले नेपाली काँग्रेससँग तालमेल गर्दा नेकपाकै प्रचण्ड–नेपाल समुह अर्को प्यानलमा रहे । शहीद बलराम दुग्ध उत्पादक सहकारीको १७ औं वार्षिक साधारण सभा तथा अधिवेशनमा ओली समुह र काँग्रेस निकट शेयर सदस्यहरुको प्यानल विजयी भयो । मतदान अघिसम्म दुवै प्यानलले प्रचार प्रसार गरेर भोट मागे पनि प्रचण्ड–नेपाल समुहले मतदान प्रक्रिया बहिस्कार गरे ।

मतदान बहिस्कार गरेपनि प्रचण्ड–नेपाल समुहमा केही मत परेको देखियो । निर्वाचनमा ओली र काँग्रेस प्यानलबाट उम्मेदवारी दिएका छविलाल भुषाल निर्वाचित हुनुभयो । उहाँले कुल मतमध्ये ४९१ मत प्राप्त गर्दा उहाँका प्रतिष्पर्धी प्रचण्ड–नेपाल समुहका धर्मराज कँडेलले २९ मत मात्र प्राप्त गर्नुभयो ।

मतदान प्रक्रियामा भने उहाँ सहभागी हुनुभएन । १३ सदस्यीय कार्यसमितिमा सो समुहबाट नौ जनाको मात्र उम्मेदवारी परेको थियो । ती सबै उम्मेदवार पराजीत भए । यता नेकपा ओली समुहले काँग्रेसलाई उपाध्यक्षसहित पाँच जनाको कोटा दिएको थियो । उपाध्यक्षमा काँग्रेस निकटका बुद्धिकान्त खरेल निर्वाचित हुनुभयो ।  त्यस्तै, लेखा समिति संयोजकमा ओमराज खरेल तथा सदस्यहरुमा प्रदिप अधिकारी र बालकृष्ण देवकोटा निर्वाचित हुनुभएको छ । राप्ती नगरपालिका प्रमुख प्रभा बराल प्रमुख अतिथि रहनुभएको कार्यक्रममा निर्वाचन समिति संयोजक गोविन्द प्रसाद कँडेलले पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>