चितवन विशेष

नारायणी अनलाइनको समाचार प्रभाव: राप्तीकी अशक्त सानुमायाले पाइन् सहयोग

Banner

चितवन, पुस २७-

सबै परिवारका सदस्य गुमाएकी अशक्त सानुमायाले सहयोग पाएकी छिन् ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिका–४ डडुवा चोकमा रहेकी अशक्त सानुमाया प्रजालाई ११ हजार ५०० आर्थिक सहयोग प्राप्त भएको छ । त्यसैगरी उनलाई एक लाख रुपैयाँको सहयोगको प्रतिबद्धता पनि प्राप्त भएको छ । सन्देश फाउण्डेसन अफ नेपाल, भरतपुरको पहलमा सानुमायालाई सहयोग जुटेको हो ।

गत पुस १९ गते ‘सबै परिवारका सदस्य गुमाएकी अशक्त सानुमाया साहाराको खोजीमा’ भन्ने शीर्षकमा नारायणी अनलाइन र सञ्चारपत्र दैनिकले समाचार प्रकाशित गरेको थियो ।

समाचार प्रसारण भएपछि सानुमायाको अवस्था हेरेर सन्देश फाउण्डेसन अफ नेपालमा आवद्ध भरतपुर घर भई हाल जापान बसोबास गर्ने मनिषा प्रधानले ११ हजार ५०० सहयोग गरेकी हुन् । त्यस्तै स्थानीय सरकारको समन्वयमा सानुमायाको लागि ब्यवस्थित मोजयाक टायलसहितको घर बनाइदिने र व्हिल चेयरको व्यवस्था गर्नको लागि भरतपुरका युवा समाजसेवी किरण घोताने गुरुङ, ध्रुव केसी, साकार लामा, भरत घिमिरे, रंजित तिमिल्सिनाले प्रतिबद्धता जनाएका छन । त्यसैगरी राप्ती नगरपालिका–४ का वडा अध्यक्ष शमसेर लामाले उनलाई सिरक र डसना पनि सहयोग गरेका छन् । डडुवाकी की ६८ वर्षीय सानुमाया प्रजा बोल्न, हिडडुल गर्न सक्दिनन् । उनी अहिले भतिजीको साहारामा बसेकी छिन् ।

No description available.

 

Image may contain: 10 people, people sitting

यो पनि पढ्नुहोस्

सबै परिवारका सदस्य गुमाएकी अशक्त सानुमाया साहाराको खोजीमा

 

 

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>