मौसम

आज रातिदेखि हल्का वर्षा हुने

Banner

चितवन,पुस २७-

केही दिनयता नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली छैन। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले (सोमबार बिहान) प्रदेश १ र प्रदेश २ का केही स्थानमा मौसम आंशिक बदली छ। आज राति भने प्रदेश १ र प्रदेश २ का एकरदुई स्थाानमा हल्का वर्षाको सम्भावाना रहेको महाशाखाले जनाएको छ।

महाशाखाले सोमबार बिहान ६ बजे आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेको छ- ‘देशका विभिन्न भूभागमा बिहानको न्यूनतम तापक्रममा हल्का गिरावट आउनाका साथै तराईका केही भूभागमा बिहानको समयमा हुस्सुरकुहिरोसमेत लाग्ने सम्भावना रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>