खैरहनी

नेपाल राष्ट्रिय सनातन पार्टी चितवन गठन

Banner

चितवन, पुस २५–

नेपाल राष्ट्रिय सनातन पार्टीे चितवनको जिल्ला अध्यक्षमा सुमन उप्रेती चयन भएका छन् । पूर्वीचितवनको खैरहनीमा आयोजना गरिएको जिल्लास्तरीय भेलाले उप्रेतीको अध्यक्षतामा १५ सदस्यीय जिल्ला समिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा दीपक रेग्मी, सचिवमा शिबहरी न्यौपाने, कोषाध्यक्षमा सरस्वती खड्का र जिल्ला सदस्यमा टंक प्रसाद घिमिरे, भगवान श्रेष्ठ, विष्णु प्रसाद शिवाकोटी, कृष्णराम सेढाई, शिवकान्त मैनाली, चेतप्रसाद खरेल, चर्तुभूज तिमिल्सिजा, होमनाथ भण्डारी, गणेश नेपाल, एकराज शिवाकोटी र कलावती चापागाई चयन भएका छन् ।

पार्टीका केन्द्रीय अध्यक्ष गोविन्द प्रसाद रिजालले जिल्ला समितिका पदाधिकारी तथा सदस्यहरुलाई पद तथा गोपनियताको सपथग्रहण गराएका छन् । सो अवसरमा केन्द्रीय अध्यक्ष रिजालले प्रचिनकालदेखि मान्दै आएको सनातन हिन्दु धर्मको संरक्षण गर्दै नेपालमा हिन्दुराज्य कायम गराउने उद्देश्यले नेपाल राष्ट्रिय सनातन पार्टीको जन्म भएको बताए ।

नवनिर्वाचित अध्यक्ष उप्रेतीले संविधानको रक्षा, भ्रष्टाचार नियन्त्रण, सुसासन र सनातन हिन्दु धर्मको संरक्षणको लागि जिल्ला समिति क्रियाशिल भएर लाग्ने बताए । उनले पार्टीको अस्तित्व जोगाउदै जनपक्षिय काममा समर्पित हुने विश्वास व्यक्त गरे । जिल्ला अध्यक्ष सुमन उप्रेतीको अध्यक्षतामा भएको भेलामा पार्टीका केन्द्रीय महासचिव गणेश घिमिरे, केन्द्रीय सदस्यहरु भिमराज सेढाई, रत्नकुमारी ढकाल, समाजसेवीहरु गुणबहादुर विसुराल, महादेब विसुराल र रामप्रसाद सेढाइले मन्तव्य राखेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>