देश/प्रदेश

सभालाई सम्बोधन गर्न धनगढी आइपुगे प्रधानमन्त्री

Banner

धनगढी, पुस २४ –

जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली कैलालीको धनगढी आइपुगेका छन् । काठमाडौंबाट श्री एयरलाइन्सको हवाईजहाज चढेर प्रधानमन्त्री ओली धनगढी आइपुगेका हुन् ।

प्रधानमन्त्री ओलीले आज धनगढीको खुलामञ्चमा आयोजना हुने प्रदेशस्तरीय जनसभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

धनगढी विमानस्थलमा प्रधानमन्त्री ओलीलाई स्वागत गर्न प्रदेश सरकारका कोही पनि उपस्थित भएका थिएनन् । मुख्यमन्त्री त्रिलोचन भट्टको सचिवालयले प्रधानमन्त्री ओली धनगढी आउने औपचारिक जानकारी नभएकाले स्वागतका लागि कोही नगएको जनाएको छ । कर्णाली प्रदेश सरकारमा ओली पक्षको सहभागीता शून्य छ ।

हाल सुदूरपश्चिम प्रदेश सरकारमा ओली पक्षको सहभागीता शून्य छ । प्रदेशसभामा पनि प्रचण्ड–माधव नेपाल पक्षकै बाहुल्य छ । विगतमा सुदूरपश्चिम प्रदेश सरकारमा ओली निकट पठानसिंह बोहरा र झपट बोहरा मन्त्री थिए । पठानसिंह बर्खास्तमा परेका थिए भने झपट आफैंले राजीनामा दिएका थिए ।

आफू अल्पमतमा परेको महसुस गरेको ओली पक्षले सुदूरपश्चिम प्रदेशलाई विशेष प्राथमिकतामा राखेको छ । संसद विघटनपछि काठमाडौं बाहिर ननिस्किएका प्रधानमन्त्री ओली आज पहिलो पटक धनगढी आएका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>