चितवन विशेष
पूर्वपर्यटन मन्त्री भट्टराईले गरे नारायणी किनारको अवलोकन

चितवन, पुस २०-
पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नारायणी किनारमा सञ्चालित विभिन्न विकासका योजनाहरुको अवलोकन गरेका छन् ।
उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठको समन्वयमा पूर्वमन्त्री भट्टराई उद्योग वाणिज्य संघ चितवनका पूर्वअध्यक्ष, पदाधिकारीसहित नारायणी नदी अवलोकनमा गएका हुन् । उनले नारायणी नदी किनारमा सी बिच परियोजनाअन्तर्गत निर्माणाधिन फुट ट्रेलको अवलोकन गरेको संघका कार्यकारी निर्देशक निलबहादुर केसीले जानकारी दिए ।
सोही अवसरमा उद्योग वाणिज्य संघ–चितवनले संघको सचिवालयमा भेटघाट एवम् छलफल कार्यक्रम गरेको छ । चितवनको पर्यटनको विकास, विस्तार र प्रवद्र्वनका विषयमा भएको छलफल कार्यक्रममा संघका अध्यक्ष श्रेष्ठले चितवनको पर्यटकीय विकासका सम्भावनाका बारेमा जानकारी गराउँदै चितवनलाई नेपालको दोस्रो गन्तब्यका रुपमा विकास गर्नु पर्ने बताए । कार्यक्रममा उनले चितवनको पर्यटन विकासलगायत नारायणी नदी सी बिच परियोजनाको लागि पूर्वमन्त्रीले पुर्याएको योगदानको कदर गर्दै उनीलगायत भरतपुर महानगरपालिका प्रति हार्दिक आभार व्यक्त गरे । उद्योग वाणिज्य संघ–चितवन र भरतपुर महानगरपालिकाको सहकार्यमा भरतपुर महानगरपालिका वडा नं. १ स्थित नारायणी नदी किनारमा निर्माण हुन लागेको नारायणी सी बिच परियोजनाका लागि पर्यटन मन्त्रालयबाट साढे ६ करोडको बजेट बिनियोजन भई हाल टेन्डर आब्हान समेत गरिएको संघका अध्यक्ष श्रेष्ठले बताए । कार्यक्रममा पूर्वपर्यटन मन्त्री भट्टराईले चितवनको पर्यटकीय विकासमा आफू सदैव लागिरहने प्रतिबद्धता ब्यक्त गरे । सोही कार्यक्रममा संघका पूर्वअध्यक्ष प्रचण्डलाल प्रधान, पुर्वअध्यक्ष कल्याण जोशीले चितवनको वृहत्तर विकासका बारेमा जानकारी गराएका थिए ।
























