चितवन विशेष

चितवनको राप्तीमा नम्बर नखुलेको सवारी साधनको ठक्करबाट एकको मृत्‍यु

Banner

चितवन, पुस २० – 

चितवनमा सवारी साधनको ठक्करबाट एक पुरुषको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार राप्ती नगरपालिका वडा नं ७ स्थित हर्दीचोकमा नम्बर नखुलेको गाडीको ठक्करबाट एक पुरुषको मृत्‍यु भएको हो ।

मृतकको परिचय भने खुल्ल नसकेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सुर्य बहादुर थापाले जानकारी दिए । गम्भिर घाईते भएका ति पुरुषको उपचारको क्रममा भरतपुर अस्पताल ल्याउने क्रममा बाटोमा नै मृत्‍यु भएको थापाले बताए । थापाका अनुसार ठक्कर दिने सवारी साधनसहित फरार रहेका चालकको खोजीकार्य भईरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>