राजनीति

प्रधानमन्त्रीको पक्षमा काठमाडौंमा विद्यार्थीहरुको प्रदर्शन

Banner

काठमाडौं,पुस १९-

नेकपा ओली समूहका अनेरास्ववियूले राजधानीमा प्रदर्शन गरेको छ । काठमाडौंका विभिन्न कलेजबाट माइतीघर मण्डलामा भेला भएका विद्यार्थीहरुले नाराजुलुससहित प्रदर्शन गरेका हुन् । मण्डलाबाट कार्की ब्याङ्क्वेटसम्म सडक प्रदर्शन भएको थियो । प्रधानमन्त्री ओलीले चालेको कदमको समर्थनमा नारा लगाइएको छ । कार्की ब्याङ्क्वेटमा अनेरास्ववियूको भेला सुरु भएको छ ।

भेला भेलालाई अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्दैछन् । पार्टी विभाजन पछि ओली लगातार राजधानीमा आयोजना हुने कार्यकर्ता भेलालाई सम्बोधन गरिरहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>